उत्तरी फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

एजेन्सी, २५ साउन । उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ करिब ७ बजे बागुइओको बारान्गे गुइसद सुरोङस्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो । पहिरोमा १३ जना पुरिएका थिए । आज बिहानसम्म सात जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ । मृतकमध्ये १७ वर्षीया किशोरी, नौ वर्षका दुई बालबालिका र ५६ वर्षीय पुरुष रहेका छन् । उद्धार गरिएका तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।

बीचबीचमा वर्षा भइरहे पनि उद्धारकर्मीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेका छन् । यसैबीच, पहिरोको जोखिममा रहेका १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने थप सात जनालाई स्थानीय गाउँको सभाहलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ । आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता

काठमाडौँ, २५ साउन । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान