सरकारको ढङ्ग पुगेन : मनिष झा

काठमाडौँ, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताए । 

उनले भने,‘अहिलेको सरकारमा इन्टिग्रिटी (निष्ठा) र इन्टेन्सन (नियत) मा शङ्का छैन, तर कता कता ढङ्ग नपुगेको हो कि जस्तो लाग्छ,’ ‘यदि तपाईंलाई के थाहा छैन भन्ने नै थाहा छैन भने तपाईंलाई साँच्चै केही पनि थाहा छैन।’ 

उनले गुगलका सीईओ सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै आफूलाई सबै थाहा छ भन्ने सोचले विकास रोक्ने र सिक्ने प्रक्रियामा जोड दिनुपर्ने बताए । सांसद झाले शिक्षित समाजबाट मात्रै राजनीति, लोकतन्त्र, सामाजिक सन्तुलन र न्याय सम्भव हुने बताए । 

मधेसको समस्याप्रति सरकार सचेत हुनुपर्ने भन्दै झाले त्यहाँको असन्तुष्टि अझै कायमै रहेको बताए । सीमा क्षेत्रमा सुरक्षाकर्मीले गरिब नागरिकलाई २५ रुपैयाँको चिप्समा चेकजाँच गर्ने तर एयरपोर्टमा धनीहरूले ब्लु लेबल र ल्यापटप सहजै ल्याउन पाउने विभेदकारी सोचको उनले विरोध गरे । ‘बोर्डरमा आउने गरिब र एयरपोर्टमा आउने धनीलाई किन फरक व्यवहार ?’  उनले प्रश्न गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो करिब

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका