ग्यास अभाव केही दिनमा नै पूर्ण समाधान हुनेछ : उद्योगमन्त्री

काठमाडौँ, २२ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपी ग्यास वितरणमा देखिएको असहजता केही दिनमा नै पूर्ण रूपमा समाधान हुने दाबी गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा ग्यास अभावबारे उठेका प्रश्नको जवाफ दिँदै अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलागी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरिन् । 

उनले साउन महिनादेखि पूरा सिलिन्डर ग्यास बाँड्न थालेपछि सहजता देखिएको बताइन् । उनले भनिन्, “अघिल्लो वर्षको यस अवधिमा भएको आयातका तुलनामा माग धान्न सक्ने परिमाणमा ग्यास आयात र वितरण भएको भएता पनि २०८३ साल श्रावण महिनादेखि पुरा सिलिन्डर प्रारम्भ भएपश्चात ग्यासको मगमा एकैकपट वृद्धि हुन गइ केही असहजता सिर्जना भएको देखिन्छ,” । 

पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई पनि निरन्तरता दिएको बताइन् । बजार अनुगमन तीव्र बनाइएको सुनाइन् । 

हाल देशभर ५८ एलपी ग्यास उद्योग सञ्चालनमा छन् । कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन र दैनिकी फिलिङ क्षमता करिब एक करोड ७५ लाख ग्यास सिलिन्डरण बजारीकरण भएको सुनाइन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो करिब

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका