तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २२ साउन । आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठकमा भने विद्युत्को वितरण लाइन र पोलहरू समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाइएको छ । उक्त समितिको बैठक पनि बिहान १०ः०० बजेका लागि तय गरिएको छ ।

बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले

काठमाडौँ, २३ साउन । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ । सल्यानको

काठमाडौँ, २३ साउन । सिरहामा ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने चार जना फरार

काठमाडौँ, २३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ