कंगोले तामा र कोबाल्ट कन्सन्ट्रेट निर्यातमा लगायो प्रतिबन्ध

एजेन्सी, २० साउन । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)ले तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यातमा तत्काल प्रभाव हुने गरी प्रतिबन्ध लगाएको छ ।

सरकारले खानीबाट प्राप्त हुने खनिजको प्रशोधन स्वदेशमै गराउने र त्यसबाट बढी आर्थिक लाभ लिन नयाँ नीति लागू गरेको हो । कङ्गो विश्वकै सबैभन्दा ठूलो कोबाल्ट तथा दोस्रो ठूलो तामा उत्पादक देश हो ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब कंगोबाट तामा र कोबाल्ट कन्सन्ट्रेट विदेश निर्यात गर्न पाइने छैन । यो निर्णय खानी क्षेत्रबाट देशले पाउने आम्दानी बढाउने र कच्चा खनिज निर्यातको सट्टा मूल्य अभिवृद्धि भएका उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने रणनीतिको हिस्सा मानिएको छ ।

जुन २९ मा हस्ताक्षर गरिएको सरकारी आदेशमा खानी मन्त्री लुइस कबाम्बा वाटुम, वैदेशिक व्यापार मन्त्री जुलियन पालुकु काहोङ्या तथा अर्थमन्त्री ड्यानियल मुकोको साम्बाले हस्ताक्षर गरेका छन् । ‘तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यात प्रतिबन्धित गरिएको छ,’ आदेशमा स्पष्ट रूपमा भनिएको छ । यो प्रतिबन्ध आदेश सार्वजनिक भएसँगै तत्काल लागू भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी