नेप्से आज दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २१ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ८२ अङ्कले घटेर दुई हजार ६५४ दशमलव १५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६२ अङ्कले घटेर ४६४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक एक दशमलव ०३ अङ्कले घटेर १८२ दशमलव २६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ९१ अङ्कले घटेर १५७ दशमलव ३४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड आठ लाख चार हजार ४२६ कित्ता सेयर रु चार अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घट्यो । आज ६४ कम्पनीको सेयर बढ्यो भने २०२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रोपावर, एनआइबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले कमाएका छन् । आज एलएस होरिजन, मेगा म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दल अर्ध-सैन्य संरचना नभएको स्पष्ट पारेकी छन् ।

काठमाडौँ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा

काठमाडौँ, २१ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई

काठमाडौँ, २१ साउन । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको