नेता थपलिया अस्पतालमा भर्ना

काठमाडौँ, १९ साउन । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीका आकाङ्क्षी जगन्नाथ थपलिया अस्वस्थ भएपछि काठमाडौँस्थित वीर अस्पतालमा भर्ना भएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदेश सरकार गठन र मुख्यमन्त्री चयनबारे छलफल चलिरहेका बेला थपलिया अचानक अस्वस्थ भई बेहोस भएका थिए ।

तत्काल भक्तपुरस्थित ठिमी अस्पताल पुर्‍याइएका उनी प्रारम्भिक उपचारपछि निवास फर्किएका थिए । तर, उनलाई मंगलबार पुनः उच्च रक्तचाप र मधुमेहको मात्रा बढेपछि अस्पताल भर्ना गरिएको प्रमुख सचेतक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज बजार खुलेसँगै उतारचढावकाबिच

काठमाडौँ, १९ साउन । देशको दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला

काठमाडौँ, १९ साउन । सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।  काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न