सबै समुदायलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न सांसद सिंहको अपिल

काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनाव हुँदा राज्यले सोझै गोली चलाउने प्रवृत्तिको विरोध गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले तराई–मधेसमा भएका पछिल्ला हिंसात्मक घटना र राज्यको दमनकारी नीतिप्रति आलोचना गरे । 

उनले अहिलेको राष्ट्रको आवश्यकता सामुदायिक लडाइँ नभई गरिबी, पछौटेपन र असमानता विरुद्धको लडाइँ भएको बताए । उनले सबै समुदायलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न अपिल समेत गरे । 

सांसद सिंहले राज्यको सुरक्षा नीतिमाथि गम्भीर प्रश्न उठाउँदै मधेसमा हुने कुनै पनि प्रदर्शन वा तनावमा प्रहरीले सोझै गोली चलाउने गरेको आरोप लगाए । उनले भने, ‘मधेसमा जहिले पनि केही हुँदा गोली मात्र किन चल्छ ? त्यहाँ लाठी किन चल्दैन ? अश्रुग्यास किन चल्दैन ? विश्वमा नेपाल बाहेक कतै पनि प्रहरीलाई एसएलआर दिइँदैन, तर यहाँ प्रहरीले सोझै एसएलआरबाट गोली हान्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० साउन । बजारमा च्याउको मूल्यमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार सार्वजनिक गरेको पछिल्लो

काठमाडौँ, २० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४२ सय रुपैयाँले

काठमाडौँ, २० साउन । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौँ, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ