सरकार बनाउने र गिराउनेमै केन्द्रित हुनु गल्ती भयो : संयोजक प्रचण्ड

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको बताएका छन् ।

आज २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले केन्द्रमा आफूहरू यही कुरामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पनि यस्तै प्रवृत्ति दोहोरिनु स्वभाविक भएको बताए ।

उनले भने, ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने र त्यो नै यति भएपछि हुन्छ भन्याजस्तो गरी चल्यौं गल्ती त्यही नै भयो,’ ‘हामी त त्यसरी सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रुपमा लियौं । हाम्रो वर्गसँग, मजदुर किसानसँग उत्पीडित समुदायसँगको सम्बन्ध विस्तारै कमजोर भयो । जीवन्त भएन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज बजार खुलेसँगै उतारचढावकाबिच

काठमाडौँ, १९ साउन । देशको दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला

काठमाडौँ, १९ साउन । सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।  काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न