नेप्से परिसूचक १.२० अङ्कले बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ ।

आज कुल ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । बजार दिनभर उतारचढावपूर्ण रहँदै अन्ततः रातो रङमा बन्द भएको हो ।

समूहगत आधारमा आज कुनै पनि परिसूचकमा ठुलो उतारचढाव देखिएन । आजको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिसेयर १५०५.६० रुपैयाँ पुगेको छ । आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक ७.४० प्रतिशत मूल्य घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा