मोरक्कोका राजदूत मलिकी र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल र मोरक्कोबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको थियो ।

मोरक्कोका राजा मोहम्मद छैटौँको गद्दी आरोहणको २७औँ वार्षिकोत्सव तथा मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा मोरक्को राजदूतावास र काठमाडौंस्थित मोरक्कोको अवैतनिक वाणिज्यदूतावासद्वारा आयोजित सांस्कृतिक कार्यक्रम, पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनी, सेमिनार तथा स्वागत समारोहमा सहभागी हुन नेपाल आएका राजदूत मलिकीले परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन् ।

छलफलका क्रममा मोरक्कोबाट नेपालमा रासायनिक मल आपूर्तिको सम्भावनालगायत कृषि, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात तथा सम्पर्क सञ्जाल, तालिम तथा क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज बजार खुलेसँगै उतारचढावकाबिच

काठमाडौँ, १९ साउन । देशको दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला

काठमाडौँ, १९ साउन । सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।  काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल

काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न