राष्ट्रिय सभा बैठक साउन २१ गतेसम्मका लागि स्थगित

काठमाडौँ, १८ साउन । राष्ट्रिय सभाको बैठक विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्दै आगामी साउन २१ गतेसम्मका लागि स्थगित भएको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन २१ गते बिहीबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् । 

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुई वटा वार्षिक प्रतिवेदन पेस गरिन् । मन्त्री गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ र ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन’ पेस गरेकी हुन् । 

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले पनि समितिको प्रतिवेदन पेस गरे ।  सभापति पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको