बडिमालिकामा ‘ए मेरो हजुर ५’ छायांकन हुने

काठमाडौँ, १८ साउन । फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध रमणीय थलो बडिमालिकाबाट सुरु हुने भएको छ । 

झरना थापाको आगामी निर्देशनमा रहने फिल्म सुदूरपश्चिमका लुकेका पर्यटकीय थलोलाई उजागर गर्ने प्रधानमन्त्री बालेन शाहको अभियानलाई सघाउन फिल्मको छायाकंन बडिमालिकाबाट गर्न लागेको उनले जानकारी दिएकी छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री शाह, कलाकार सुहाना थापा र अनमोल केसीको फोटो सेयर गर्दै झरनाले बडिमालिकामा छायांकन गर्दा फिल्ममार्फत त्यहाँको पर्यटन प्रवर्धन गर्ने आशा लिएको उनले बताएकी छन् ।

उनका अनुसार २९ साउनदेखि छायांकन सुरु हुँदैछ । सञ्जय लामाले फिल्म छायांकन गर्दैछन् । यसबारे जानकारी दिँदै थापाले लेखेकी छन्, ‘नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ए मेरो हजुर ५ को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे