‘गौँथली’ले गर्‍यो साढे १३ करोडमाथि ग्रसकलेक्सन

काठमाडौँ, १८ साउन । चलचित्र ‘गौँथली’ले साढे १३ करोडमाथि ग्रसकलेक्सन गरेको छ ।

आइतबार रातिसम्म यो चलचित्रले १३ करोड ६४ लाख ४६ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

साउन १ गतेबाट प्रदर्शनमा आएको ‘गौँथली’ यो वर्षको हालसम्मको धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे र लुनिभा तुलाधर मुख्य भूमिकामा छन् । 

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा डा. भोला रिजालको कथा छ । चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा

पोखरा, ३० भदौ । भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कास्कीका विभिन्न संघ संस्था, व्यावसायिक प्रतिष्ठान

काठमाडौँ, ३० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० भदौ । अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना अघि सारेको छ । मन्त्रालयले सोमबार पुनरुत्थानका २१ बुँदे