दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न धवलशम्सेर राणाको माग

काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका नेता डा. धवलशम्सेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिनु निन्दनीय भएको बताएका छन् ।

आज बिहान विज्ञप्ति जारी गरी उनले संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण प्रसाईंलाई पक्राउ गरिएको जिकिर गरेका छन् ।

प्रसाईंलाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् । “विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईंलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ,” राणाले भनेका छन्, “उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।”

प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार दिउँसो उनले सरकारविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

“सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन,” राणाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको