इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

एजेन्सी, १८ साउन । इजिप्टको तटीय क्षेत्रमा सोमबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकन जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ३ बजे गएको हो ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु बन्दरगाह सहर क्गभशबाट करिब ३६ किलोमिटर उत्तर–पूर्वमा रहेको थियो ।

यता, जर्मन रिसर्च सेन्टर फर जियो साइन्सेजले भने भूकम्पको तीव्रता ५.४ म्याग्निच्युड मापन गर्दै यसको गहिराइ करिब १० किलोमिटर रहेको जनाएको छ ।

अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको पुष्टि भएको छैन । मानवीय सहायता संस्थाहरूले बाहिरी वा भित्री संरचनामा क्षति पुगेको आशंका भएका भवनमा प्रवेश नगर्न तथा त्यस्ता भवनमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उत्तर–पूर्वी अफ्रिकामा अवस्थित इजिप्टमा ठूलो भूकम्प विरलै जाने गर्छ । आधुनिक इतिहासमा देशकै सबैभन्दा ठूलो भूकम्प सन् १९९२ को अक्टोबरमा गएको थियो । त्यसबेला ५.८ म्याग्निच्युडको भूकम्पले राजधानीलाई प्रभावित पार्दा ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । डीडब्ल्यू

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू