‘निम्स दाइ’को जन्मथलो अन्नपूर्णमा भोली शोक बिदा

काठमाडौँ, १७ साउन । पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बिदा घोषणा गरेको छ ।

अन्नपूर्ण गाउँपालिका पुर्जाको जन्मथलो हो । उनी अन्नपूर्ण गाउँपालिका-२ दाना निवासी हुन् । दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मानस्वरूप सोमबार गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको

काठमाडौँ, १७ साउन । आज बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कागतीको

काठमाडौँ, १७ साउन । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था तथा निर्देशनहरूको उल्लङ्घन गरेको भन्दै आर्थिक वर्षको चौथो त्रैमासमा तीन वटा

काठमाडौँ, १७ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले