किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, १७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन् । 

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धाञ्जली सन्देश जारी गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा सङ्गठनात्मक रूपमा सुदृढ बनाउन महत्त्वपूर्ण योगदानको स्मरण गरेका छन् । सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि सङ्गठित हुन प्रेरित गरेको ओलीले उल्लेख गरेका छन् । अमात्यले निरंकुशताविरुद्धको सङ्घर्ष तथा वामपन्थी आन्दोलनमा निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहने ओलीले बताएका छन्।

सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको सङ्घर्षका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरिएको छ। कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा आन्दोलनको नेतृत्व गरेको सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई