होर्मुज स्ट्रेट तत्काल र पूर्ण रूपमा खोलिनेछ : ट्रम्प

एजेन्सी, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरिएको घोषणा गरेका छन् ।

इरान तथा मध्यपूर्वका अन्य देशहरूबाट आएको आग्रह र दुवै पक्षबीच सम्झौताको प्रारम्भिक नमूनामा सहमति जुटेपछि हमला रोकिएको ट्रम्पले जनाएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्तिसहित इरानविरुद्ध आक्रमण गर्न पूर्ण रूपमा तयार रहेको तर कूटनीतिक सहमतिका लागि पछि हटेको बताएका छन् ।

‘इरान र मध्यपूर्वका अन्य देशहरूले हामीलाई हमला रोक्न आग्रह गरेका छन्, किनकि सम्झौताको ढाँचामा सहमति भइसकेको छ। यसमा होर्मुज स्ट्रेट तत्काल र पूर्ण रूपमा खोल्ने तथा इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश छन्,’ ट्रम्पले लेखेका छन्, ‘छिट्टै सम्झौता हुने सर्तमा मैले हमला रद्द गरेको छु। यो निर्णयमा इजरायल पनि अमेरिकासँगै छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन वार्ता गरी सम्भावित ठूलो हमला टाल्न र संयम अपनाउन विशेष अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू