जनकपुरमा हिन्दु धार्मिक मोर्चा र सरकारबीच सहमति

काठमाडौँ, १७ साउन । जनकपुरमा वार्तारत गृहमन्त्री सुधन गुरुङ र आन्दोलनरत हिन्दु धार्मिक मोर्चाबीच सहमति जुटेको छ । 

विभिन्न १३ बुँदे माग राखेर मोर्चा आन्दोलनमा उत्रिएपछि गृहमन्त्री आफैँ वार्ता गर्न शनिबार जनकपुर पुगेका थिए । गृहमन्त्री र आन्दोलनरत पक्षबिच दुई चरणमा भएको छलफलपछि सहमति जुटेको हो ।

आन्दोलनरत पक्षले सरकार टोली समक्ष विभिन्न बुँदा समेटिएको  १३ बुँदे माग पत्र राखेका थिए ।

सहमति पश्चात् १२ वटा माग तत्काल पुरा गर्ने तर्फ सरकारले गृहकार्य अगाडि बढाउने भएको छ । आन्दोलनरत पक्षले नेपाललाई हिन्दु राष्ट्र कायम हुनुपर्ने माग पनि राखेकाले सरकारले ३ महिनाको समय माग गरेपछि त्यसमा सबैको सहमति जुटेको थियो ।

वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह, धनुषाका प्रतिनिधि सभा सदस्य, मधेस प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो भने आन्दोलनमा उत्रिएका विभिन्न १ दर्जन बढी धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरू वार्तामा सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै