पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै हुने

काठमाडौँ, १६ साउन । अब २५ करोड रुपैयाँभन्दा कम स्थीर पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र मातहतका निकायबाटै हुने भएको छ ।

उद्योग विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको हो।

त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्र्स निर्धारणलगायतका अन्य छुट, सुविधा, सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सोअन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ ।

विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप सात थरिका सेवा पनि अनलाइनमार्फत सेवा प्रवाह गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन