जापान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

एजेन्सी, १६ साउन । जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ भने ९ हजार २०० भन्दा बढी बासिन्दा अझै पनि सुरक्षित आश्रयस्थलमा बसिरहेका छन् ।

कुमामोतो प्रिफेक्चर सरकारको विपद् व्यवस्थापन मुख्यालयको शनिबार बसेको बैठकमा अधिकारीले मृतकको सङ्ख्या ३६ रहेको र ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

प्रिफेक्चरका अनुसार मृतकमध्ये नौ जना यात्सुशिरो सहरस्थित निप्पोन पेपर इन्डस्ट्रिज कम्पनीको कारखानामा रहेको धुवाँ निस्कने चिम्नी खस्दा तथा सात जना काशिमा टाउनस्थित आयन सपिङ मलमा भएको विस्फोटमा परी ज्यान गुमाएका हुन् ।

प्रिफेक्चरभित्र अनुरोधका आधारमा सञ्चालन गरिएका अधिकांश खोज तथा उद्धार कार्य सम्पन्न भइसकेका छन् । यद्यपि, करिब २३० जना प्रहरी अधिकारीको टोलीले प्रभावित क्षेत्रमा छुटेका वा फसेका व्यक्तिको खोजी जारी राखेको छ ।

भूकम्पका कारण आवासीय संरचनामा ठूलो क्षति पुगेको छ । अधिकारीका अनुसार १८२ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २० घरमा गम्भीर, २२५ घरमा आंशिक र एक हजार ३४ घरमा सामान्य क्षति पुगेको छ । थप ८२ भवनमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । हालसम्म प्रभावित घरको सङ्ख्या एक हजार ५४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ साउन । झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । नियन्त्रण ब्युरो काँकडभित्ता र

काठमाडौँ, १६ साउन । मधेस प्रदेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार

काठमाडौँ, १६ साउन । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । आन्दोलनरत पक्षसँग मौखिक

काठमाडौँ, १६ साउन । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बाराको जितपुर सिमरा-१६ घर भई काठमाडौँको