ग्याँस नपाए निगमको हटलाइनमा सम्पर्क गर्न आग्रह

काठमाडौँ, १६ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ ।

बजारमा ग्याँसको अभाव रहेको भन्दै गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो ।

निगमले बजारमा एलपी ग्याँसको आयात र बिक्री वितरण नियमित भइरहेको स्पष्ट पारेको छ । तर, उपभोक्ताले सहज रूपमा ग्याँस नपाएको अवस्थामा निगमको हटलाइनमा खबर गरेर सहजीकरण गर्न सकिने जनाइएको छ । यसैबिच, काठमाडौँ उपत्यकामा ग्याँसको माग र आपूर्तिलाई थप सहज बनाउन निगमले आफ्नो टेकुस्थित कार्यालयबाट समेत बिहान ११ः ०० देखि बेलुका ५ः ०० बजेसम्म उद्योगहरू मार्फत सोझै ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ साउन । झापामा खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । नियन्त्रण ब्युरो काँकडभित्ता र

काठमाडौँ, १६ साउन । मधेस प्रदेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार

काठमाडौँ, १६ साउन । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा प्रदर्शनकारीले अवरुद्ध गरेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । आन्दोलनरत पक्षसँग मौखिक

काठमाडौँ, १६ साउन । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बाराको जितपुर सिमरा-१६ घर भई काठमाडौँको