नेप्से १२.९६ अंकले बढ्यो  

काठमाडौँ, १५ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि भएको छ ।

आज बजारमा १२.९६ अंकको वृद्धि देखिए तापनि समग्र साताभरको कारोबारमा भने बजार ओरालो लागेको छ । गत साता २७३४.६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिनसम्म आइपुग्दा २६८५.५४ अंकमा सीमित भएको छ । यसरी हेर्दा एक सातामा नेप्सेमा करिब ४९ अंकको गिरावट देखिएको छ । साताको पहिलो चार कारोबार दिन अर्थात् सोमबारदेखि बिहीबारसम्म लगातार घटेको बजारले अन्तिम दिन भने केही राहत दिएको हो ।

तथ्याङ्क अनुसार अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भएको छ । आज कुल १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज बजारमा कुल ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरिमा ८८ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड

काठमाडौँ, ११ साउन । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइएको भन्दै कारबाहीको

काठमाडौँ, १० साउन । फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्मको कूल ग्रस कलेक्सन

काठमाडौँ, ९ साउन । चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब