तराई–मधेसको घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

काठमाडौँ, १५ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा भएका हिंसात्मक घटनाक्रमप्रति दुःख व्यक्त गरेका छन् ।

आज सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले घटनामा भएको मानवीय क्षति, सुरक्षाकर्मी र नागरिकको घाइते अवस्था तथा उत्पन्न सामाजिक तनावले सबैलाई चिन्तित बनाएको बताए । 

अध्यक्ष दाहालले राष्ट्रिय सभाका तर्फबाट घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको  निःशुल्क उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए । 

नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतालाई आत्मसात् गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले भने, ‘सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर पार्ने कुनै पनि प्रकारका हिंसा, घृणा र साम्प्रदायिक विभेदका प्रयासहरू राष्ट्रिय सभालाई किमार्थ स्वीकार्य छैनन्।’ 

राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित भएको छ । अध्यक्ष दाहालले बैठक साउन १८ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा भएका हिंसात्मक घटनाक्रमप्रति

काठमाडौँ, १५ साउन । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दङ्गा नियन्त्रण गरी सामाजिक सद्भाव कायम

काठमाडौँ, १५ साउन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्‌भाव कायम राख्न धार्मिक अगुवासँग

काठमाडौँ, १५ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्