अमेरिकामा रगतको अभाव

एजेन्सी, १४ साउन । अमेरिकामा रगतको चरम अभाव भएको त्यहाँको रेडक्रसले जनाएको छ । संस्थाको १५० वर्षको इतिहासमा रगतको मौज्दात यति तल्लोस्तरमा झरेको यो दोस्रोपटक हो ।

अमेरिकन रेडक्रसकी चिकित्सक डा. कर्टनी लरेन्सले डढेलो र अत्यधिक गर्मीजस्ता घटना एकसाथ भएकाले यस्तो अवस्था सिर्जना भएको बीबीसीसँग बताइन् । 

गत महिना मात्र रगतको आपूर्ति २५ प्रतिशतले घटेको थियो । यो संकट अस्पतालहरूमा रगतको आवश्यकता सामान्यतया अझ बढी हुने गर्मीयाममा भएको हो ।

लरेन्सले गर्मीमा सवारी दुर्घटनाका घटना बढ्ने, मानिसले धेरै समय बाहिर बिताउने र चोटपटक लाग्ने सम्भावना पनि बढ्ने भएकाले रगत चढाउनुपर्ने बिरामीको संख्य धेरै हुने गरेको बताइन् ।

अमेरिकामा प्रयोग हुने कुल रगतको करिब ४० प्रतिशत आपूर्ति अमेरिकन रेडक्रसले गर्छ । संस्थाले आफ्नो रगतको मौज्दात तीव्र रूपमा प्रयोग गर्नुपरेको लरेन्सले बताइन् । “हामीसँग धेरैअगाडिदेखि रगत सञ्चय गरेर राख्ने क्षमता हुँदैन, किनभने रगतको निश्चित प्रयोगयोग्य अवधि हुन्छ र त्यसपछि यो प्रयोग गर्न नमिल्ने हुन्छ,” उनले भनिन् ।

समयसँगै यसका कोषिका नष्ट हुँदै जाने भएकाले दान गरिएको रगत ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्ने नियम छ । अमेरिकामा अहिले सबै रक्तसमूहको रगत आवश्यक छ । ‘ओ’ पोजिटिभ समूहको रगतको माग धेरै रहेको जनाइएको छ ।

अमेरिकन रेडक्रसले पहिलोपटक सन् २०२२ को जनवरीमा कोभिड–१९ महामारी र अत्यधिक चिसो मौसमका कारण रगत आपूर्तिमा संकट घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ