४ सचिवको सरुवा

काठमाडौँ, १४ साउन । सरकारले ४ जना सचिवको सरुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ सचिवको सरुवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । 

सो निर्णय अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई डा. पोखरेलको स्थानमा पठाइएको छ । गत माघमा मात्रै सञ्चार मन्त्रालयमा पुगेकी बस्नेत ६ महिनामै सरुवामा परेकी हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ । 

बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त समूहमा तानिएको हो । बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३