राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौँ, १४ साउन । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

आज बिहान शीतलनिवास पुगेर उनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका सभामुखको सचिवालयले जनाएको छ ।

“भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संघीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको थियो,” सभामुखको सचिवालयले भनेको छ ।

प्रतिनिधिसभा बैठकअघि सभामुख अर्याल राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । यही दिन बिहान ११ बजे बस्ने गरी संसद् बैठक बोलाइएको छ । करिब १४ दिनपछि प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी

काठमाडौँ, ११ भदौ । २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। गुम्न लागेको धन

काठमाडौँ, १० भदौ । भोटेकोशी बाढीका कारण ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीले रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ,

काठमाडौँ, १० भदौ । भोटेकोसी बाढीका कारण ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । नेपाल प्रहरीका अनुसार  रसुवा, नुवाकोट, धादिङ, चितवन