बढ्यो नेप्से

काठमाडौँ, ८ साउन । साताको अन्तिम कारोबारमा सेयर बजार झन्डै ८ अंकले बढेको छ ।

शुक्रबार बजार ७.९० अंकले बढेर साताको कारोबार बन्द भएको हो । योसँगै बजार मापक २७३४.६३ विन्दुमा उक्लिएको छ । यस दिन १५२ कम्पनीको सेयर मूल्य बढेको छ । १०९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर ७० हजार १५८ पटकमा किनबेच भएको हो । एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  आत्मनिर्भर लघुवित्त, सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रो, झापा इनर्जीलगायत सेयर उच्च कमाउने शीर्ष स्थानका कम्पनी हुन् ।

समूहगत सूचकतर्फ फाइनान्स, जलविद्युत्, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युअचल फन्ड, अदर र ट्रेडिङ सूचक घटेका छन् । बाँकी समूह बढेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै