विपिन कार्कीले थाले उपकरण व्यवसाय

काठमाडौँ, ८ साउन । अभिनेता विपिन कार्की, छायांकार चिन्तन राजभण्डारीसहितले उपकरण व्यवसाय थालेका छन् ।

उनीहरूले ‘लाइट वेन्डर्स’ नामक कम्पनीमार्फत प्रोडक्सन र छायांकन व्यवस्थापनका काम अघि बढाएका हुन् ।

श्याम खड्का र एरिस थापा समेत साझेदार रहेको यो कम्पनीले नेपालमा हुने फिल्म छायांकनका लागि ग्रीप ट्रक, लाइट लगायतका उपकरण उपलब्ध गराउनेछ । जसका लागि ३ वटा ग्रीप ट्रयाक तयार पारिएका छन् ।

साढे ६ टन, दुई टन र साढे तीन टनका अलग अलग ग्रीप ट्रक तयार छन् । टाटाबाट गाडी किनेर भक्तपुरको बीएन्डबीच इन्जिनियरिङ कम्पनीसँग मिलेर उनीहरूले ट्रक तयार पारेका हुन् ।

ताइवानबाट ४० फिट अग्लो क्रेन, आरी ब्रान्डको अर्विटर, डली, फ्रेमसहितका उपकरण पनि भित्राएका छन् । पहिलो चरणमा मात्र ६ करोड रुपैयाँ लागत खर्च भैसकेको कम्पनीका अध्यक्ष समेत रहेका कार्कीले बताए ।

यी उपकरणको मद्दतमा काम गर्दा १० जनाको काम दुईजनाले गर्न सक्ने, समय र जनशक्ति बचत पनि हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी