‘पूर्वाधार न्यायाधिकरण’ को काम अन्तिम चरणमा : मन्त्री गौतम

काठमाडौँ, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको विकास निर्माणमा हुने कानुनी अवरोध हटाउन र आयोजनाहरूलाई गति दिन ‘पूर्वाधार न्यायाधिकरण’ स्थापनासम्बन्धी कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएकी छिन् ।

मन्त्री गौतमका अनुसार यस न्यायाधिकरणको स्थापनाका लागि आवश्यक छलफलहरू सम्पन्न भइसकेका छन् र केही अन्तिम परिमार्जनपछि विधेयकलाई अघि बढाउने तयारी भइरहेको छ।

उनले भनेकी छिन्,”पूर्वाधारसम्बन्धी विवादको छिटो, विशेषज्ञतापूर्ण र प्रभावकारी निरूपण गर्ने उद्देश्यले यो न्यायाधिकरणको अवधारणा ल्याइएको हो। यसले सर्वोच्च अदालतको चाप घटाउनुका साथै सार्वजनिक स्रोतको संरक्षण र नागरिकको सेवा पाउने अधिकारलाई सुनिश्चित गर्नेछ ।” “आयोजना ढिलो हुँदा सबैभन्दा ठुलो क्षति जनताले व्यहोर्नुपर्छ। करदाताको पैसा खर्च हुने र अवसरहरू गुम्ने भएकाले हामीले जनहितलाई केन्द्रमा राखेर यो नयाँ कानुनी संरचनाको परिकल्पना गरेका हौँ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा नागरिकको

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला

हेटौँडा, १० भदाै ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुस्लिम समुदायले गर्दै आएको दान तथा परोपकारको परम्पराले सामाजिक सद्भाव,