‘स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध’

काठमाडौँ, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति र व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ ।

पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशनअनुसार अब रास्वपाका सांसदहरूले आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। निर्देशनमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’

हालै मन्त्रीपरिषद्ले संघीय संसद्का सदस्यहरूलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह)को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेसँगै रास्वपाले राज्यकोषको दुरुपयोग रोक्न र पारदर्शिता कायम गर्न यस्तो नीति ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई