नेप्से परिसूचक १४.१७ अंकले बढ्यो

काठमाडौँ, ७ साउन । आज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेर रोकिएको छ ।

आज बजार खुलेदेखि नै घटबढको क्रम जारी थियो। दिउँसो १:३० बजेसम्म बजार केही सुस्त देखिए पनि अन्तिम एक घण्टामा भने तीव्र वृद्धि देखिएको छ।

बिहीबार कुल ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कुल १५३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १११ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडको रहेको छ, जसको मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै स्नो रिभर लिमिटेड १३.७१ प्रतिशत र एपोलो हाइड्रोपावर ‍११.०४ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३