वामपन्थीको कार्यगत एकता गरौँ : नेता श्रेष्ठ

काठमाडौँ, ७ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नाराणकाजी श्रेष्ठले कम्युनिस्ट एकताका लागि कार्यगत एकता अघि बढाउनुपर्ने बताएका छन् ।

आज पुष्पलालको स्मृति दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले आ–आफ्नो पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

उनले भने, “आ–आफ्नो पार्टीको पुनर्गठनको प्रक्रिया अघि बढाएपछि अहिलेको संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षमा देशभक्त, लोकतन्त्र पक्षधर, वामपन्थीको कार्यगत एकताको प्रक्रिया अघि बढाउँ । त्यसपछि रुपान्तरित र पनुर्गठित वामपन्थी शक्तिहरूले एउटै केन्द्र बनाउने दिशातिर अघि बढौँ,” ।

उनले रुपान्तरित केन्द्रका रूपमा अघि बढ्नुपर्ने बताए । तुरुन्तै पार्टी एकताका लागि तयारी भइनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा