पाकिस्तानमा बढ्यो पेट्रोल र डिजेलको मूल्य

एजेन्सी, ७ साउन । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको उतारचढाव तथा पर्सियन खाडी क्षेत्रमा बढेको सैन्य तनावको प्रभाव देखाउँदै पेट्रोल र हाई–स्पिड डिजेलको मूल्य फेरि बढाएको छ ।

सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ६.३९ पाकिस्तानी रुपैयाँ र हाई–स्पिड डिजेलको मूल्य ७.८३ रुपैयाँले वृद्धि गरेको हो । 

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ३२७ रुपैयाँ १२ पैसा पुगेको छ भने हाई–स्पिड डिजेलको मूल्य ३७५ रुपैयाँ ४ कायम गरिएको छ । पेट्रोलियम डिभिजनले जारी गरेको सूचनाअनुसार नयाँ मूल्य बिहीबारदेखि लागू हुनेछ ।

यसअघि पाकिस्तान अल पाकिस्तान पेट्रोलियम पम्प ओनर्स एसोसिएसनले दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै देशव्यापी हडतालको घोषणा गरेको थियो । तर पेट्रोलियम मन्त्रीसँगको वार्तापछि संगठनले आफ्नो आन्दोलन दुई साताका लागि स्थगित गरेको छ ।

डिजेलको मूल्य यसअघि अप्रिल ३ मा प्रतिलिटर ५२० रुपैयाँ ३५ पैसासम्म पुगेको थियो । फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु भएपछि प्रतिलिटर २८१ रुपैयाँ रहेको डिजेलको मूल्य लगातार बढ्न थालेको थियो ।

त्यसैगरी पेट्रोलको मूल्य पनि मार्चको पहिलो सातामा प्रतिलिटर २६६ रुपैयाँबाट बढ्न सुरु भएर अप्रिल ३ मा ४५८ रुपैयाँ ४१ पैसासम्म पुगेको थियो । पेट्रोलियम मन्त्री अली परवेज मलिकले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा दैनिक हुने परिवर्तनलाई ध्यानमा राख्दै अब पाकिस्तानमा इन्धनको मूल्य दैनिक रूपमा निर्धारण गरिने बताएका छन् । 

उनका अनुसार मन्त्रिपरिषद् र प्रधानमन्त्रीको निर्णयअनुसार अब तेल तथा ग्यास नियामक प्राधिकरणलाई अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार प्रत्येक दिन मूल्य निर्धारण गर्ने अधिकार दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ साउन । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार केसीलाई आज पक्राउ गरेको हो

काठमाडौँ, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा

काठमाडौँ, ७ साउन । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ भुम्लुटारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ। जिल्ला

काठमाडौँ, ७ साउन । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन