आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै देशको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताएका छन् ।

आज नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले देशको सामाजिक तथा राजनीतिक रूपान्तरणमा दुवै नेताले अतुलनीय योगदान पुर्‍याएको बताएका छन् । 

ओलीले पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गरेका छन् ।

पुष्पलालले राजनीतिक आन्दोलनलाई मजदुर, किसान तथा आमजनताको जीवनसँग जोड्ने काम गरेको उनले उल्लेख गरेका छन् । सहिद गंगालाल श्रेष्ठ (पुष्पलालका दाइ)बाट प्राप्त प्रेरणाले पुष्पलालले जीवनभर परिवर्तनका निम्ति संघर्ष गरेका उनको भनाइ छ । बीपी कोइरालालाई बहुआयामिक तथा नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै ओलीले दुवै नेताले आ–आफ्नो विचारधारा र भूमिकामार्फत मुलुकको रूपान्तरणमा ऐतिहासिक योगदान पुर्‍याएको बताएका छन् । यी दुवै नेताका आदर्श र कार्यबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

“अहिले आन्दोलनले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घदृष्टि, दूरदर्शिता र दृढताबाट प्रेरणा लिएर आन्दोलनलाई फेरि सशक्त रूपमा अघि बढाउन सकिन्छ,” सन्देशमा ओलीले भनेका छन्, “बीपी कोइरालाको जेलजीवन र पुष्पलालको निर्वासनकाल नेपाली राजनीतिका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहनेछन् ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ साउन । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार केसीलाई आज पक्राउ गरेको हो

काठमाडौँ, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा

काठमाडौँ, ७ साउन । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ भुम्लुटारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ। जिल्ला

काठमाडौँ, ७ साउन । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन