बिजुलीको बिलमा रहेको कर हटाउने बेलायती प्रधानमन्त्रीको घोषणा

एजेन्सी, ६ साउन । बेलायतमा सत्ता परिवर्तनपछि नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले निवर्तमान प्रधानमन्त्री कियर स्टार्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

५६ वर्षीय बर्नहमले पद सम्हाल्नासाथ अन्तर्राष्ट्रियस्तरमा पनि कूटनीतिक छलफल सुरु गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । ट्रम्पले उक्त कुराकानीपछि व्यापार र सैन्य सहकार्यबारे छलफल भएको बताएका छन् ।

यो परिवर्तनप्रति जर्मनीले पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्नहमलाई बधाई दिँदै द्विपक्षीय ‘केन्सिङ्टन सन्धि’लाई अगाडि बढाउने र युक्रेनलाई सहयोग जारी राख्ने विषयमा सहमति जनाएको बताएका छन् ।

जर्मनीका परराष्ट्रमन्त्री योहान वाडेफुलले बेलायत जर्मनी र फ्रान्ससँगको ‘ई–३’ कूटनीतिक ढाँचामा सक्रिय रहने अपेक्षा व्यक्त गरेका छन् । उनले यो मञ्च इरान र युक्रेन संकट समाधानका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

यद्यपि, बेलायतका विपक्षी दलहरूले आम निर्वाचन नगरी प्रधानमन्त्री परिवर्तन गरिएको भन्दै प्रश्न उठाएका छन् । यसको जवाफमा बर्नहमले आफ्नो सरकारको मुख्य लक्ष्य देशमा राजनीतिक र आर्थिक स्थिरता कायम गर्नु रहेको बताएका छन् ।

बिजुलीको बिलमा कर नलाग्ने 
बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पद सम्हाल्नासाथ जनतालाई ठूलो राहत दिने घोषणा गर्दै बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गरेका छन् । अक्टोबर १ देखि लागु हुने यस व्यवस्थाअनुसार बिजुलीको बिलमा लाग्ने ५ प्रतिशत भ्याट शून्यमा झारिनेछ ।

सरकारको यो निर्णयबाट बेलायती जनताले वार्षिक करिब ४५ पाउन्ड बचत गर्ने अनुमान गरिएको छ । यो योजनामा कुल ८५० मिलियन पाउन्ड खर्च हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ साउन । बेलायतमा सत्ता परिवर्तनपछि नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले निवर्तमान

काठमाडौँ, ५ साउन । अमेरिका र इरानबीच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य घटेको

एजेन्सी, ५ साउन । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु

एजेन्सी, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार (ट्यारिफ) लगाउने घोषणा गरेका छन्