अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ, ५ साउन । अमेरिका र इरानबीच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य घटेको छ । 

यद्यपि दुवै देशबिच नयाँ आक्रमण जारी रहनुका साथै यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियामाथि समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएपछि बजारमा अनिश्चितता भने कायम रहेको छ । 

आज बिहान ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६ सेन्टले घटेर ८८ डलर २६ सेन्टमा पुगेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदा खेरिको तुलनामा १ दशमलव १ प्रतिशत कम हो ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य ७३ सेन्ट अर्थात् ०.९ प्रतिशतले घटेर ८२ डलर ५० सेन्ट प्रतिब्यारेलमा झरेको छ । बजारमा मूल्य घट्नुको मुख्य कारण अमेरिका र इरानबिच तनाव कम हुने आशा बढ्नु हो । विश्लेषकहरूका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षलाई १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । यदि यो प्रस्ताव सफल भयो भने जुन महिनामा भएको अन्तरिम समझदारीलाई पुनः कार्यान्वयन गर्ने बाटो खुल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for