विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाडौँ, ५ साउन । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ ।

फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ ।

झडपमा संलग्न कुनै पनि खेलाडी वा प्रशिक्षक निलम्बनमा पर्न सक्छन्, साथै अर्जेन्टिनी फुटबल सङ्घ (एएफए) लाई पनि जरिवाना हुन सक्छ ।

अस्ति आइतवार बिहान १–० ले हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक कर्मचारीहरू र स्पेनका खेलाडीहरूबीच भनाभन भएको थियो । त्यस बेला स्पेनका खेलाडीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए ।

फिफाले जनाएअनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि रेफ्री स्लाभको भिन्सिचले अर्जेन्टिनाका लिआन्ड्रो परेडेस लाई मैदानबाट बाहिर पठाएका थिए । त्यसको केही समयपछि नै परेडेसको ‘राताे कार्ड’ अभिलेखबाट हटाइएको र त्यस बेला कुनै पनि अनुशासनात्मक कारबाही नगरेको फिफाले जनाएको छ । फाइनल खेलकै क्रममा अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

यस्तै इङ्ल्यान्डसँगको सेमिफाइनल खेल २–१ ले जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमा आफ्नो देशको दाबीको समर्थनमा ब्यानर प्रदर्शन गरेपछि फिफाले उनीहरूविरुद्ध सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ । अहिले हिमाली भूभागमा साधारणतया

काठमाडौँ, २५ असोज । २०८३ साल असोज २५ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ। परिवार र साथीले सहयोग

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

काठमाडौँ, २४ असाेज । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना