केन्द्रको निर्देशन कुर्ने वाग्मती प्रदेश एमाले संसदीय दलको निर्णय

काठमाडौँ, ४ साउन । केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चाबीच नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट तत्काल बाहिरिने सम्भावना टरेको छ ।

काठमाडौँको कोटेश्वरमा बसेको एमाले वाखग्मती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीसँग वाग्मती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने प्रस्ट पारे ।

उनले पछिल्लो समय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा फैलिएको मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चा अनुमान र हल्लामात्र भएको बताए ।

“पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन आएपछि पार्टीले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३