उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु

एजेन्सी, ४ साउन । उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।

प्राधिकरणका अनुसार विपदमा परी १० जना घाइते भएका छन् । हताहत हुने सबै व्यक्तिलाई चाउ प्रान्तका रहेका छन् । गत बुधबारदेखि आइतबारसम्म परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा बाढी र पहिरो गएको थियो । विपद्ले व्यापक भौतिक क्षति पुर्याएको छ ।

प्रारम्भिक विवरणअनुसार ४२७ घर पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएका छन् भने उच्च जोखिमयुक्त क्षेत्रबाट करिब १४० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विपदबाट भएको आर्थिक क्षति करिब ३६२ दशमलव ४६ अर्ब भियतनामी डङ (करिब एक करोड ४३ लाख अमेरिकी डलर) बराबर रहेको अनुमान गरिएको छ ।

स्थानीय अधिकारीहरूले क्षतिको विस्तृत विवरण सङ्कलन तथा बेपत्ताको खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू