रुसले युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गर्दा आठ जनाको मृत्यु

एजेन्सी, ४ साउन । रुसले युक्रेनमा ब्यालिस्टिक मिसाइल तथा ड्रोनहरूको शृङ्खलाबद्ध प्रहार गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

उत्तर-पूर्वी सहर खार्किभमा चार जना, राजधानी किभमा एक वृद्ध महिला, दक्षिणको जापोरिज्जियामा दुई जना र उत्तर-पूर्वी सुमीमा एक जनाको ज्यान गएको छ। 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले किभमा भएको यो आक्रमण सन् २०२२ मा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेपछिकै सबैभन्दा भीषण ब्यालिस्टिक प्रहारमध्ये एक भएको बताएका छन्। आइतबार अबेर युक्रेनी नौसेनाका अनुसार कृष्ण सागरमा अन्न बोकेको टर्कीको स्वामित्वमा रहेको एक नागरिक कार्गो जहाजमा रुसी मिसाइल लाग्दा पाँच जनाको मृत्यु भएको छ। यस विषयमा रुसले भने कुनै टिप्पणी गरेको छैन।

यसैबिच युक्रेनले पनि ब्ल्याक सीमा रहेका रुसी तेल ट्याङ्कर र दक्षिणी स्टाभ्रोपोल क्षेत्रका तीन वटा तेल डिपोमा प्रहार गरेको जनाएको छ। जेलेन्स्कीले ती डिपोहरू रुसी आक्रमणको स्रोत भएकाले निशाना बनाइएको बताएका छन्।

रातभर किभ क्षेत्रका विभिन्न स्थानमा प्रहार भएको थियो। युक्रेनी सेनाले राजधानीको हवाई प्रतिरक्षा प्रणालीले ४१ मध्ये १८ मिसाइल र १०८ वटा ड्रोन खसालेको दाबी गरेको छ। खार्किभका क्षेत्रीय प्रमुख ओलेह सिन्येहुबोभका अनुसार सहरको उपनगरमा रहेको एक हुलाक टर्मिनलमा आक्रमण हुँदा २४ देखि ६२ वर्ष उमेरका चार पुरुषको मृत्यु भएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

टेलिग्राम सन्देशमा जेलेन्स्कीले बितेको एक सातामा रुसले युक्रेनविरुद्ध करिब एक हजार चार सय ५० वटा स्ट्राइक ड्रोन, एक हजार छ सय ४० भन्दा बढी गाइडेड बम र ९९ वटा विभिन्न प्रकारका मिसाइल प्रयोग गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल

काठमाडौँ, ११ भदौ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्य तालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ

काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ११ भदौ । सामाजिक विकासका लागि सरकार तथा गैरसरकारी संस्थासँगै व्यवसाय, समुदाय र आम नागरिकको संयुक्त सहभागिता आवश्यक रहेकोमा