अमेरिकाद्वारा लगातार इरानमा आक्रमण

एजेन्सी, २ साउन । अमेरिकी सेन्ट्रल कमान्डले इरानमाथि लगातार सातौँ रात हवाई आक्रमण गरेको छ ।

यसपटक इरानका निगरानी केन्द्र, सैन्य लजिस्टिक पूर्वाधार, भूमिगत हतियार भण्डार तथा समुद्री सैन्य क्षमतालाई लक्षित गरी लडाकु विमान, ड्रोन र युद्धपोत प्रयोग गरिएको अमेरिकाले जनाएको अलजजिराले जनाएको छ ।

प्राप्त विवरणअनुसार आक्रमण इरानका दक्षिणी सहर लार, जास्क, सिरिक, बुशेहर, बन्दर अब्बास, केश्म टापु, अहवाज तथा मध्य इरानको याज्द सहरमा गरिएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलमार्गसँग जोडिएको होर्मोज्गान प्रान्तमा भएका आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् ।

इरानी सञ्चारमाध्यमले आक्रमणका क्रममा विद्युत् पूर्वाधार तथा नुनिलो पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसालिनेसन संयन्त्रमा पनि क्षति पुगेको जनाएको छ । 

अमेरिकी रकेटहरूले जास्क काउन्टीको तटीय बुन्जी गाउँस्थित डकमा रहेका पानी आपूर्ति पम्पहरूलाई निशाना बनाएका कारण त्यस क्षेत्रका धेरै गाउँमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै