विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ, ३२ असार । स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्ने भएका छन्। आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पाखा लगाउँदै स्पेन फाइनल पुगेको हो। स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थपे ।

दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै अर्जेन्टिनाले स्पेनसँगको भेट पक्का गरेको हो। खेलको ५५ औं मिनेटमा मोर्गन रोजर्सको क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अर्जेन्टिनाका लागि निको गोन्जालेजले प्रहार गरे पनि इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरे। यस्तै एलेक्सिस म्याक एलिस्टेरको दुई प्रहार पोस्टमा ठोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।