भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको भविष्य अन्योलमा, मनोबल कमजोर

भक्तपुर, ३२ असार । भक्तपुर क्यान्सर अस्पताल विकास समितिले अस्पतालको कर्मचारी सेवा, शर्त तथा सुविधा विनियमावली हालसम्म स्वीकृत नभएको भन्दै ३७२ कर्मचारीको भविष्य अन्योलमा परेको जनाएको छ ।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा गठन आदेश–२०७७ अनुसार अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत हुँदै आएको उल्लेख गर्दै विनियमावली स्वीकृतिमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिअनुसार अस्पतालले देशका विभिन्न स्थानबाट आउने क्यान्सर बिरामीलाई स्वास्थ्य बीमा तथा न्यून शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । साथै विपन्न, गरिब र असहाय बिरामीका लागि पनि अस्पताल आशाको केन्द्र बनेको दाबी गरिएको छ । आवश्यकताअनुसार आधुनिक उपकरण जडान गरी सेवा विस्तार भइरहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीले निरन्तर उपचार सेवा दिइरहेको अस्पतालको भनाइ छ।

तर, गठन आदेश लागू भएको लामो समय बितिसक्दा पनि कर्मचारी सेवा, शर्त तथा सुविधा विनियमावली स्वीकृत नभएकाले कर्मचारीहरू अस्थायी अवस्थामै काम गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । विनियमावली अभावकै कारण मनपरी ज्यालादारी नियुक्ति र नियमविपरीत तलब वृद्धि प्रक्रियाले प्रश्रय पाएको आरोप पनि लगाइएको छ ।

अस्पतालका अनुसार विनियमावली लोक सेवा आयोग, अर्थ मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको सिफारिसपछि विकास समितिबाट अध्ययन गरी अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीहरूको हस्ताक्षरसहित स्वीकृतिका लागि मन्त्रालयमा पठाइसकिएको छ । त्यसका बाबजुद हालसम्म निर्णय नहुँदा कर्मचारीको मनोबल कमजोर बनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल