काठमाडौँ, २८ असार । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौँको माइतीघरमा आज प्रदर्शन गरिएको छ ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् ।





