कङ्गोमा इबोलाको कारण मृत्यु हुनेको सङ्ख्या ६४८ जना पुग्यो

एजेन्सी, २७ असार । लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका छन् ।

पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै सरकारले देशको उत्तर र उत्तरपूर्वमा सोपो र हाट–युलेलाई समावेश गरी इबोला प्रकोपबाट उच्च गतिमा प्रभावित प्रान्तहरूको सूची विस्तार गरेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अघि नै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले देएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असार । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका

काठमाडौँ, २७ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका

काठमाडौँ, २७ असार । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छिन् । यसअघिका

काठमाडौँ, २७ असार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध