उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

काठमाडौँ, २७ असार । धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स ठोक्किएर दुर्घटना भएको छ ।

प्रहरीका अनुसार मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएको हो ।

आज बिहान अन्दाजी ०६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार ५ जना तथा अर्को गाडीमा सवार ३ जना गरी ८ जना घाइते भएका हुन् ।

घाइते सवैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया, धनुषा पठाइएको छ । घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरू

१. जिल्ला धनुषा, मिथिला नगरपालिका१ बस्ने अन्दाजी ४९ वर्षीय दिपेन्द्र कुमार महतो (एम्बुलेन्स चालक) (सामान्य)

२. जिल्ला महोत्तरी, गौशाला नगरपालिका५ बस्ने अन्दाजी ४५ वर्षीय बसन्त कुमार सिंह (सामान्य)

३. जिल्ला महोत्तरी, गौशाला नगरपालिका५ बस्ने अन्दाजी ४० वर्षीया रेणु कुमारी महतो (मध्यम)

४. जिल्ला धनुषा, मिथिला नगरपालिका९ बस्ने अन्दाजी ६० वर्षीया राजु देवी (पहिलेदेखि पक्षघात/प्यारालाइसिसकी बिरामी)(सामान्य)

५. जिल्ला धनुषा, मिथिला नगरपालिका९ बस्ने अन्दाजी ६५ वर्षीय लक्ष्मी महतो (सामान्य)

सरकारी गाडीमा सवार घाइतेहरूको विवरण:

१. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका८ बस्ने अन्दाजी ५० वर्षीय बद्री भुजेल (सरकारी गाडी चालक) (सामान्य)

२. अन्दाजी ६५ वर्षीया विद्दा भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर (सामान्य)

३. जिल्ला धनुषा, धनुषाधाम नगरपालिका८ बस्ने अन्दाजी ७० वर्षीय भीमराज भुजेल (सामान्य)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असार । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका

काठमाडौँ, २७ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका

काठमाडौँ, २७ असार । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छिन् । यसअघिका

काठमाडौँ, २७ असार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध