पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ, २७ असार । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरको पूजाआराधना एवं दर्शनका निम्ति आउने भक्तजनको सहजताका निम्ति पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका निम्ति आउने गर्छन् ।

भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्यसचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।

पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यो अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन् ।

आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उनले उल्लेख गरिन् । पशुपति क्षेत्रको सफाइमा पहिलो दिन दर्जन बढी संघसंस्थाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका

काठमाडौँ, २९ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २९ साउन । २०८३ साल साउन २९ गते शुक्रबारको राशिफल ।   मेष : दिन सामान्य राम्रो छ । रोगसँग