‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ, २७ असार । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी ‘हल्दी डे’ मनाइरहेका छन् । उनको हल्दी डेमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत छन् ।

अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो चलचित्र भदौ २६ गते रिलिज हुँदै छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण

काठमाडौँ, १७ असोज । लोकप्रिय हलिउड फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ अब नयाँ स्क्रिप्टेड टेलिभिजन सिरिजका रूपमा आउने भएको छ । ओटीटी

काठमाडौँ, १६ असोज । आजबाट हलमा २ नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘चमेलीको पोइ’ र ‘चंगुल’ । यी